भाईरस का कारण भारतमा २५ लाख नेपाली समस्यामा

भारतको विभिन्न राज्यमा प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका २५ लाख नेपाली रोजगारी बन्द भएको र खान–बस्न समस्या भएका कारण अप्ठ्यारोमा परेको जनाइएको छ ।भारतमा बस्ने २५ लाख नेपाली ‘कोभिड १९’ का कारण अप्ठ्यारोमा परेका छन् ।

लकडाउन भएसंगै कयौ नेपाली भारतमा ऐले बेरोजगार अवस्थामा पुगेका छन् । रोजगारीको नभएका कारण एकातिर उनीहरुलाई खान–बस्न समस्या भएको छ भने अर्कोतिर घर फर्कन नपाउँदा दिनहु पिडामा परेका छन्।

मात्र २५ लाख नेपाली प्रत्यक्ष रुपमा रोजगारीका लागि भारतको मध्यप्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, छत्तिसगढ, दिल्ली, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, हरियाणा राज्यमा रोजगार गरिरहेका थिए।

लकडाउनका कारण गर्दै आएको रोजगारी पनि गुमेको र आँफ्नो गुजारा चलाउन गार्हो परेको जनालिकोटका धर्मसिंह कुवरले बताए। अब कसरि बस्ने कसरि खाने भनेर चिन्तामा परेका छन्।

लकदाउन कैले ख्हुलने हो थाहा छैन यस्तै भैरहने हो भने रोग ले भन्दा पनि भोकले मारिने भैयो भनेर गुनासो पोखेका छन्। अरु देशले आँफ्नो नागरिकलाई उद्धार गरेको भनेर सुनियो तर हामीलाई उद्दार गर्ने हाम्रो सरकारको हामी प्रति वास्ता नभएको भन्दै गुनासो पोखेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा