प्रतिनिधिसभा निर्वाचन: दलहरूले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने

काठमाडौं आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि दलहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न समय दिएको छ।

निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलले (पुस १३ र १४ गते) समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यतालिका रहेकाे छ। आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा