काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्यमा पुगेको छ । चाँदी प्रतितोला २७० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रूपैयाँमा किनबेच भएको थियो ।
