रवि, बालेन र कुलमान अब एकै ठाउँमा, यस्तो छ रास्वपा-उनेपाबीचको ७ बुँदे सहमति

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको छ ।

सहमतिसँगै कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै अब रास्वपा सभापति रवी लामिछमने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै हुनेछन् ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा