काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले लगाएको स्थान हद बुधबार फुकुवा गरेकाे हाे ।
बुधबार पुरक बयानलिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरे पनि आज मात्रै गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराएकाे हाे ।
गत असोज १२ गते बसेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।
