ओलीलाई बयानमा बोलाउन पत्र काट्ने जाँचबुझ आयोगकाे तयारी

काठमाडौं । जेनजी आन्दोलन बारे बयान लिन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी गरेकाे छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा ग र्ददै जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ‘जेनजी’ आन्दोलनका विषयमा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलिको कुरा भोलि नै हुने’ प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा