काठमाडौँ । रास्वपाबाट त्रिशला गुरुङ संगै ५ जनाले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् । चाैतर्फी आलोचनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् ।
पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् भने शनिबार युवा उद्यमी तथा उद्योगपति चन्द्र ढकालका छोरा सचिन ढकालले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् ।
त्यस्तै गुरुङ गायिका तथा चिकित्सक हुन् भने शेर्पा पर्वतारोही हुन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत हुनु । उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् ।
त्रिशलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन् । डा.लावती भने प्राध्यापन पेसामा संलग्न छन् ।
