काठमाडौं । चुनाव नजिकिँदै गर्दा शिर्ष ३ दलले छलफल र भेटघाट तिब्र पारेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले चुवावमा तालमेलको प्रयास स्वरुप छलफल तीव्र पारेका हुन् ।
जेनजी आन्दोलनपछि कांग्रेससँग निकट रहेर छलफल गरिरहेका नेकपा एमाल अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् । उनीहरूबीच एक्लाएक्लै २५ मिनेट कुराकानी भएको हो ।
उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको बताइए पनि छलफलमा सहमति भए नभएको बारे सार्वजनिक भएको छैन ।
नजिकिँदै गरेको राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाबीच गठबन्धनको लागि पछिल्लो समय भित्रभित्रै छलफल चल्न थालेको छ। त्यसकै तयारी स्वरुप प्रचण्ड र ओलीबीच आज छलफल भएको हो।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा रास्वपासहितका नयाँ शक्तिले सिर्जना गर्नसक्ने चुनौतिलाई लिएर पुराना दल त्रसित छन्। सोही कारण पुराना दलबीच सहकार्यको लागि विभिन्न ढंगले आन्तरिक छलफल सुरु भएको छ।
