कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु, गगन र विश्वप्रकाश सहभागी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।

आज महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

यसबीच भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ ।विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो ।

यता कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा