प्रतिताेला १८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि लगातार तेस्राे दिन नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदीको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा १४५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य निरन्तर तेस्रो दिन रेकर्ड बनाउँदै प्रतितोला १४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा