काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् ।
पुस २३ गते राजीनामा दिएका घिसिङले निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी पहिलो पटक चुनाव लड्ने छन् ।
उक्त क्षेत्रमा नेकपा (एमाले) का रामेश्वर फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।
पूर्व उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको उनेपाबाट चुनाव लडिरहेका छन् ।




