काठमाडौँ । नेपालको राजनीतिक संस्कारमा प्रायः देखिने ‘पद मोह’ र ‘सुविधाको लोभ’ लाई तोड्दै अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एक उदाहरणीय काम गर्नुभएको छ। सरकारबाट बाहिरिने तयारीमा रहनुभएका खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) आजै सरकारलाई फिर्ता गर्नुभएको छ।
पूर्व अर्थसचिव समेत रहेका खनालले मन्त्री पदमा रहँदा सवारीसाधन, निजी सुरक्षा गार्ड (PSO) जस्ता कुनै पनि अतिरिक्त सरकारी सुविधा नलिने घोषणा गर्नुभएको थियो। आफ्नो कार्यकालको अन्त्यसँगै विना कुनै ढिलाइ र ताकेता सरकारी सम्पत्ति फिर्ता गरेर उहाँले सार्वजनिक पदमा बस्नेहरूका लागि एउटा बलियो नैतिक दृष्टान्त प्रस्तुत गर्नुभएको छ।
पदबाट हटेको लामो समयसम्म पनि रातो पासपोर्ट र सरकारी गाडी नछाड्ने प्रवृत्ति व्याप्त रहेको हाम्रो राजनीतिक वृत्तमा खनालको यो कदमले ठूलो तरंग पैदा गरेको छ।





