अन्तर्राष्ट्रिय तेल बजारमा अचानक ठूलो गिरावट: ट्रम्पको चेतावनीपछि के होला अबको मूल्य?

काठमाडौँ । विश्वको तेल बजारमा केही दिनयता देखिएको उच्च अस्थिरताबीच आज एक्कासी ठूलो गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ८ देखि ९ प्रतिशतसम्मको गिरावट आएसँगै बजारमा हलचल मच्चिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावबारे केही सकारात्मक संकेत दिएपछि र इरानलाई कडा चेतावनीसहितको सन्देश पठाएपछि यसको प्रत्यक्ष प्रभाव तेलको मूल्यमा देखिएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई ‘होर्मुज स्ट्रेट’ मा तेल ढुवानीमा अवरोध खडा नगर्न चेतावनी दिँदै, यदि त्यसो भएमा विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा यही समुद्री बाटोबाट ढुवानी हुने गर्दछ। इरान–इजरायल–अमेरिका द्वन्द्वका कारण यस बाटोमा आवागमन ठप्पप्रायः हुँदा केही दिन अघिसम्म तेलको मूल्य सय डलर प्रतिब्यारल माथि पुगेको थियो।

अब ट्रम्पको यो कडा चेतावनी र युद्ध अन्त्यको दाबीले गर्दा तेलको बजार सधैँ स्थिर रहला वा पुनः बढ्ला? यो विषय अहिले विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो चासोको विषय बनेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा