कोशी, बागमती र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना: चट्याङ्गबाट जोगिन सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै बागमती प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। अन्य पहाडी र हिमाली भू-भागमा आंशिक बदली देखिए पनि तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका अन्य पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका जिल्लाहरूमा भने आज दिउँसो पनि मौसम सफा नै रहनेछ।

आज राति देशभरको मौसममा आंशिकदेखि साधारण बदली रहनेछ। हिमाली भू-भागमा साधारणतया बदली रहने र पहाडी तथा तराईका क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रि-मनसुनको समय नजिकिँदै गर्दा स्थानीय वायु सक्रिय हुने हुनाले चट्याङ्ग र आकस्मिक वर्षाको जोखिम रहन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। पदयात्रा र खुला क्षेत्रमा गरिने कामहरूमा मौसमको अवस्था बुझेर मात्र अघि बढ्न सुझाव दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा