२१ दिनको उपचारपछि केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्न चिकित्सकको सुझाव

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) बाट डिस्चार्ज हुनुभएको छ। २१ दिनअघि भर्ना हुनुभएका ओलीको स्वास्थ्य अवस्थामा सुधार आएपछि शनिबार साँझ उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। अस्पतालमा रहँदा उहाँको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी हटाउन सफल शल्यक्रिया गरिएको थियो।

गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियापछि केही दिन चिकित्सकहरूको सघन निगरानीमा रहनुभएका उहाँको स्वास्थ्य रिपोर्ट सकारात्मक आएपछि अस्पतालले घर फर्कने अनुमति दिएको हो। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार शल्यक्रिया सफल भएको र रिकभरी सन्तोषजनक रहेकाले उहाँलाई डिस्चार्ज गरिएको हो।

अस्पतालबाट बाहिरिँदा उहाँका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। चिकित्सकहरूले ओलीलाई अझै केही समय पूर्ण रूपमा आराम गर्न र नियमित फलोअपमा रहन सल्लाह दिएका छन्। उहाँका निजी चिकित्सकका अनुसार अब केही हप्ता उहाँ घरमै स्वास्थ्य लाभ गर्नुहुनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा