रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै: ९ मुख्य एजेन्डामा छलफल, ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक आज सोमबार दिउँसो ३ बजे बस्दै छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने यस बैठकका लागि साङ्गठनिक सुदृढीकरण, महाधिवेशनको तयारी र नीतिगत सुधारसँग सम्बन्धित ९ वटा मुख्य एजेन्डाहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।

बैठकको मुख्य आकर्षणका रूपमा रास्वपाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव अघि सारेको छ। यसका साथै प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई समेत रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा र पार्टी विधान संशोधनका विषयमा समेत गहन छलफल हुनेछ।

बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिनेछ भने २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइनेछ। बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने कार्यसूची रहेको छ। साथै संसदीय दलको विधान संशोधन र विभिन्न निकायबाट प्राप्त पत्राचारका बारेमा पनि बैठकले आवश्यक निर्णय लिने प्रवक्ता झाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा