मौसम अपडेट: पहाडमा वर्षा र हिमपातको सम्भावना, तराई र उपत्यकामा बढ्दै ‘तातो दिन’ को लहर

काठमाडौँ । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने सुदूरपश्चिम र कोशीको तराई भागमा समेत आंशिक बादल लागेको छ।

आज सोमबार कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ। अहिले पनि कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ। पहाडी भेगमा मौसमी सक्रियता बढे पनि देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने देखिन्छ।

यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा तातो दिन (Heat Wave) हुने सम्भावना छ। बढ्दो तापक्रम र तातो हावा चल्न सक्ने भएकाले लु लाग्ने जोखिमप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा