पूर्वप्रधानमन्त्री ओलीले फिर्ता गरे सरकारलाई दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आउनुभएको दोहोरो सुविधाको सवारी साधन सरकारलाई फिर्ता गर्नुभएको छ। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएका गाडीहरू फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बुधबार बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गर्नुभएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनहरूको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। सोही निर्देशन र मन्त्रालयको ताकेतापछि ओलीले सरकारी सुविधाको गाडी फिर्ता गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरकारले पछिल्लो समय विशिष्ट व्यक्तिहरूले लिँदै आएको दोहोरो सुविधा र अनावश्यक सरकारी स्रोतको प्रयोगमा कडाइ गर्दै आएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा