प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई बोल्न दिएपछि सदनमा हंगामा, बालेन खोज्दै प्रतिपक्षीले ठोके टेबुल

काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूको विरोध र अवरोधका कारण सदनको कारबाही प्रभावित भएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदन अवरुद्ध पारेका हुन्।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले दिने पूर्व कार्यसूची निर्धारण गरिएको थियो। तर, प्रधानमन्त्रीको अनुपस्थितिमा सभामुख डीपी अर्यालले सोही प्रस्ताव पेस गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय उपलब्ध गराएपछि प्रतिपक्षी दलहरू आक्रोशित भएका हुन्।

प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षी सांसदहरूले आफ्नो आसनबाट उभिएर र टेबुल ठोकेर विरोध प्रदर्शन गरेका छन्। यस क्रममा केही सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गर्दै नाराबाजी गरेका थिए।

सदनमा तनाव उत्पन्न भएपछि सभामुख अर्यालले पटक-पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न र सदनको कुरा सुन्न आग्रह गरिरहेका छन्। प्रतिपक्षीको अवरोधका बीच अर्थमन्त्री वाग्लेले प्रस्ताव अगाडि बढाउन खोजे पनि सदनको वातावरण सहज हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा