प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने, ३ र ४ गते मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल गर्ने कार्यतालिका तय गरेको छ। मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

त्यसै गरी, असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने तय भएको छ।

मन्त्रालयगत छलफल सकिएपछि असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले र असार ४ गते दोस्रो दिन छलफल भएका मन्त्रालय एवं कार्यालयका मन्त्री तथा अधिकारीहरूले जवाफ दिनेछन्। सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको थियो, जसमाथि सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि नै संसद्‌मा जवाफ दिइसक्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा