रास्वपा महाधिवेशन अपडेट: प्रतिनिधि सङ्ख्या ४ हजार २०० नाघ्यो, आज अन्तिम नामावली प्रकाशन गरिँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या ४ हजार २०० भन्दा बढी हुने भएको छ। केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्दा हालसम्म कुल ४ हजार २१० जना प्रतिनिधि सुनिश्चित भएका छन्।

पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक सूचीमा ३ हजार ८१० प्रतिनिधि देखिए पनि त्यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिने छन्। यसका साथै विधानतः पार्टी सभापतिले मनोनयन गर्ने २00 जना र विभिन्न समूहबाट पार्टी प्रवेश गर्नेहरूको सङ्ख्या समेत यसैमा जोडिनेछ। शनिवार बिहानसम्म तयार पारिएको सूचीमाथि दाबी विरोध, दोहोरो नाम हटाउने र छुटेका विवरणहरू समावेश गरी आजै साँझसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने सचिवालयको तयारी छ।

रास्वपाको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूमा पालिकादेखि प्रदेश समितिका पदाधिकारी, अनुशासन आयोग, केन्द्रीय विभागका सदस्यहरू, र २०७९ को चुनावका उपविजेता तथा समानुपातिक सूचीका सक्रिय नेताहरू समेटिएका छन्। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू चितवन आइसकेका छन् भने आइतबार भरतपुरको गेष्टहाउस चौरमा आयोजना हुने भव्य उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाह समेत सहभागी हुने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा