कांग्रेसको नयाँ क्रियाशील सदस्यता: एक महिना बित्दा पनि केन्द्रमा आइपुगेन विवरण

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको एक महिना पुग्न लाग्दा पनि कतिले आवेदन दिए भन्ने यकिन तथ्याङ्क अझै केन्द्रमा आइपुगेको छैन। असार १७ गते खुला गरिएको सदस्यताको विवरण लामो प्रक्रियाका कारण केन्द्रसम्म आइपुग्न ढिलाइ भएको पार्टीले जनाएको छ।

पार्टीका महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार, वडादेखि केन्द्रसम्मको ५ चरणको लामो प्रक्रिया पार गर्नुपर्ने भएकाले तथ्याङ्क संकलनमा समय लागेको हो। इच्छुक व्यक्तिले वडामा निवेदन दिएपछि उक्त सिफारिस पालिका समिति, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै केन्द्रमा प्रमाणीकरणका लागि आउने व्यवस्थाले गर्दा ढिलाइ भएको उनले बताएका छन्। नयाँ सदस्यता भर्नका लागि असार २० गतेसम्मको समय तोकिएको थियो।

यसका साथै, पुरानो सदस्यता अद्यावधिक गर्ने काममा पनि ७ हिमाली जिल्ला (मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुगु, बाजुरा र दोलखा) र जनसम्पर्क समितिको अन्तिम टुंगो लाग्न बाँकी छ। हालसम्म ६ लाख ४७ हजारभन्दा बढीले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको रेकर्ड समितिमा प्राप्त भइसकेको छ। यद्यपि, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेकालाई पुनः अद्यावधिक गर्न आवश्यक नरहेको भन्दै अद्यावधिक प्रक्रियामा सहभागी नभएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा