कोशी प्रदेश सरकारको २८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्तारूढ गठबन्धनले २८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच केन्द्रमा भएको समझदारी अनुसार प्रदेश सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन कार्यदलले तयार पारेको साझा कार्यक्रम सोमबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरिएको हो।

नेकपा संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित कार्यदलले सुशासन, आर्थिक विकास, पूर्वाधार निर्माण र जनजीविकासँग जोडिएका प्राथमिकताहरू समेटेर साझा कार्यक्रम तयार पारेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा कार्यदलका सदस्यहरूको उपस्थितिमा उक्त दस्तावेज मुख्यमन्त्री कार्कीलाई बुझाइएको थियो।

सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममार्फत प्रदेशको आर्थिक वृद्धि, सार्वजनिक सेवा प्रवाहमा चुस्तता, सामाजिक न्याय र संघीयता कार्यान्वयनलाई थप मजबुत बनाउने लक्ष्य लिइएको छ। मुख्यमन्त्री कार्कीले गठबन्धनको साझा नीति तथा कार्यक्रमलाई दृढतापूर्वक कार्यान्वयन गर्दै प्रदेशका जनतालाई विकास र सुशासनको प्रत्यक्ष अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा