अराजकलाई पार्टीबाट निष्कासन गर्ने चेतावनीदेखि ‘हिमाली जलवायु आपत्काल’ प्रस्तावसम्म रवि लामिछानेको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा गैरजिम्मेवार अभिव्यक्ति दिने पार्टीका जोकोहीलाई साधारण सदस्यबाट समेत तत्काल निष्कासन गर्ने चेतावनी दिनुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नागरिकको पीडा, चित्कार र आक्रोशलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने वा साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो।

सम्बोधनका क्रममा लामिछानेले भदौ १० गतेको भोटेकोशी विनाश केवल प्राकृतिक विपत्ति नभई विश्वव्यापी ‘जलवायु अन्याय’ को परिणाम भएको ठहर गर्नुभयो। विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले जलवायु सङ्कटको चर्को मूल्य चुकाउनुपरेको उल्लेख गर्दै उहाँले संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गर्न सरकारसँग माग गर्नुभयो। साथै, पुनर्निर्माणका लागि ऋणको भार नथपी अन्तर्राष्ट्रिय ‘हानि तथा नोक्सानी कोष’ बाट अनुदान ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूको साहसको प्रशंसा गर्दै उहाँले सङ्कटको बेला दलहरूले राजनीतिक आरोप-प्रत्यारोप गरेर फाइदा लिन खोज्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो। आफू मैदानमा नदेखिनुको कारण स्पष्ट पार्दै उहाँले भावनाको भेलमा बहकिनुभन्दा राज्यका विपद् व्यवस्थापन सम्बन्धी संयन्त्रहरूलाई स्रोत, साधन र प्रविधिले सम्पन्न बनाई संस्थागत प्रणाली बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

संसद्मा प्रस्तुत गरिएको पूर्ण वक्तव्य तथा प्रस्ताव:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा