परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्यूयोर्कमा भेटवार्ता, बाढीपछिको सहयोगप्रति आभार

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (UNGA81) का क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार न्यूयोर्कमा सम्पन्न भेटवार्तामा दुई देशबिचको सम्बन्ध तथा आपसी हितका विविध आयामबारे विचार आदानप्रदान गरिएको छ।

भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण राहत तथा सहयोगप्रति आभार व्यक्त गरे। सो अवसरमा दुवै मन्त्रीले नेपाल र भारतबिचको लामो समयदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा