अनेरास्ववियू पन्चकन्या क्याम्पस,अर्जुनचौपारी स्याङ्जाको सम्मेलन सम्पन्न भएको छ,सम्मेलनले मनिसा काफ्लेको अध्यक्षता ५१ सदस्यीय क्याम्पस कमिटी निर्माण गरेको छ जस्को उपाध्यक्षमा जीवन क्षेत्री,सचीवमा अबिना पौडेल,सहसचिवमा अनोज बिक,सुमन रोका,तिल बहादुर गुरुङ र कोषाध्यक्षमा चिनु माया क्षेत्री रहेका छन् ।
भेलालाई अनेरास्ववियू केन्द्रीय सदस्य युवा नेता सगुन राना मगर,अनेरास्ववियू जिल्ला कमिटी स्याङ्जाका नेताहरू नवीन पौडेल,सागर थापा,निस्चल बिष्णु पंगेनी मिलन बसेल,मिलन अर्याल,सुमित चापागाईं,जनक अर्याल र प्रदिप खड्काले सम्बोधन गरेका थिए ।