प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोधसभा

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रदर्शनका लागि विभिन्‍न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ-प्रदेशका सांसदले गर्नेछन् ।

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् ।

जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा