कोरोनाले सार्‍यो संसद् भवन, पोखरा सभागृहलाई धमाधम सिँगारपटार

हामारीले देशभर लकडाउन जारी रहँदा पोखराको सभागृह हल भने जोडतोडका लागि रंगरोगन तथा सिँगारपटार थालिएको छ ।

अबको ५ दिनभित्र पोखरा सभागृह हललाई प्रदेश सभाको संसद् भवनजस्तै चिरीच्याट्ट बनाइँदैछ ।

कोरोनाबाट जोगिन सांसदले सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले हाल सञ्चालित पोखरा नदीपुरस्थित संसद् भवन सानो भएकाले पोखरा सभागृहलाई विकल्प रोजिएको छ ।

गण्डकी प्रदेश सभामा कुल ६० जना सांसदको प्रतिनिधित्व छ । साविक नगर प्रशिक्षण केन्द्रको हललाई संसद भवन तोकिएकोमा सो हल सानो र काठका कुर्सीसमेत नजिकै जोडिएको हुँदा सामाजिक दूरी कायम गर्नु सम्भव थिएन ।

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा आइतवार प्रदेश प्रमुख अमिक शेरचनले बर्खे अधिवेशन आह्वान गरेका छन् ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पोखरा सभागृह हल (तत्कालीन दीपेन्द्र सभागृह) लाई अस्थायी रुपमा प्रयोग गर्न सोमवारदेखि धमाधमरुपमा संसद् भवनको स्वरुप दिन थालिएको छ । त्यसका लागि आवश्यक मात्रामा कामदार खटाइएको छ । केहीले रंगरोगन शुरू गरेका छन्, केहीले कुर्सी व्यवस्थापन र माइक जडान थालेका छन् ।

पोखरा सभागृह हल करीब १ हजार २०० व्यक्ति अट्ने क्षमताको हल हो । पुरानो र जीर्ण हुँदै गएको हल परिसरमा पर्याप्त मात्रामा पार्किङ सुविधा छ । दक्षिणी भेगमा खुला चौर र बगैचा छ । पोखरा शहरमा हुने ठूला प्रकारका कन्सर्ट, सभा, सभारोह, कार्यक्रम सभागृह हलमा सम्पन्न हुँदै आएका थिए ।

सभामुख नेत्रनाथ अधिकारी लगायतको टोलीले सोमवार पोखरा सभागृह हलको निरीक्षण गरेको छ । त्यसअघि आइतवार साँझ पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायतले निरीक्षण गरेका प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए ।

२०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेशसभा तोक्ने निर्णयसँगै हालसम्म सोही ठाउँमा संसद् चल्दै आएको थियो ।

गण्डकीमा वैशाख २३ गतेको मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने निर्णयसँगै हिउँदे अधिवेशन अन्त्य भएको थियो । गत चैत ६ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएपछि लकडाउनका कारण अर्को बैठक बस्न नपाउँदै अधिवेशन नै अन्त्य भएको थियो ।

प्रदेश सरकारले असार १ अगावै बजेट अधिवेशन बोलाइसक्नुपर्ने प्रावधान छ । बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेपछि नीति तथा कार्यक्रम तय गर्नुपर्छ । ती सबै कार्यक्रम पोखरा सभागृह हलमा हुनेछन् ।

पोखरा महानगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम र बजेट सोही हलमा सञ्चालन गर्नेछ । महानगरलाई कम्तीमा ४ दिन चाहिने हुँदा संसद बैठकको समय हेरी मिलाएर सम्पन्न गर्ने पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

यसैबीच, गण्डकी सरकारले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई स्करपियो गाडी खरिद गरिदिने भएको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता रामशरण बस्नेतले जिल्ला अस्पतालमा गाडी अभाव भएकाले सबै जिल्ला अस्पताललाई गाडी खरिद गरिदिने गरी रकम छुट्याइएको जानकारी दिएका थिए । तनहुँको शुक्लागण्डकी र त्रिवेणी शवदाह गृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा