लकडाउनमै ल्यायो ‘रानीमहल’ले फष्टलुक

काठमाडौं । फिल्म ‘रानीमहल’को फष्टलुक सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण सरकारले देशभर लकडाउन गरेको कारण निर्माण पक्षले सामाजिकसंजाल मार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।

सार्वजनिक फष्टलुकमा फिल्मका कलाकार प्रितमराज सेन्चुरी, निकिता चान्डक, साहिल श्रेष्ठ र मानस्वी खरेल देखिएका छन् । फिल्मको छिट्टै टिजर सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ ।

स्वस्तिक फिल्मस्को ब्यानरमा बिमल भुसालले निर्माण गरेको यस फिल्ममा दिपक पौडेलको पटकथा तथा सबाद, निरज कंडेलको छायांकन र हिमाल के.सीको द्वन्द निर्देशन रहेको छ ।

फिल्ममा प्रितम, निकिता, साहिल र मनस्वीको अलवा नीर शाह, बिएस राणा, अर्जुनजंग शाही, सुष्मिता केसी., रश्मि भट्ट, आरबि पन्त, बिष्णु सापकोटा, भोला शाह लगायतको अभिनय देख्न सकिन्छ ।

हिमाल न्यौपानेको निर्देशन रहेको फिल्म कोरोनाको कहर सामान्य भएपछि प्रदर्शनमा ल्याइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा