आजको पञ्चाङ्ग तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठकृष्ण द्वादशी तिथि,२ गते मंगलबार,
तदनुसार मे १६,२०२३ ।
आज विहान ०५:१५ मिनेट जाँदा  सूर्योदय  भएको छ भने साँझ  ०६:४७ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  कौलव नामको करण रहेको छ भने उत्तरभाद्रा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी प्रीति  नाम गरेको योग रहेको छ ।
त्यस्तै मीन राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन मन कमजोर हुने अवस्था आउन सक्नेछ।स्वास्थ्यमा पनि गडबडी हुन सक्छ सजग हुनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन विचार पुर्याएर कार्य गर्नाले कठिन काम पनि सहज हुनेछ ।आफ्नो अधिकारका लागि गरिएका कार्यहरू सफल हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन आँफूले गरिरहेको कार्यको आदर सम्मान पाइनेछ।यात्राको पनि योग रहेको छ।एक पछि अर्को अवसरहरूले पछ्याउनेछन्।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन पारिवारिक सद्भाव बढ्नेछ।धार्मिक कार्यमा सहभागी भइनेछ।शुभकार्यको चर्चा चल्नेछ ।रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन आर्थिक क्षेत्रमा संकट आइपर्नेछ।आँटेको कार्य पूर्ण नहोला।दु:खद यात्रा हुन सक्ने सम्भावना छ।स्वास्थ्यमा पनि गडबडी हुनेछ सजग हुनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन प्रतियोगिताका क्षेत्रमा सफलता पाइनेछ।धर्मसंस्कार तथा सभासमारोहमा सरिक हुने अवसर आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन शुभकार्यको यत्र तत्र चर्चा चल्नुका साथै मनमा कुनै विशेष कुराले खुसी छाउनेछ।व्यापार व्यवसायमा उन्नति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन साझेदारीको कार्यमा सफलता मिल्नेछ।अधुरा कार्यहरू पूरा हुनुका साथै कुनै विशेष रमाइलो यात्रामा पनि सहभागी भइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन आरोप,दोषारोपण आउन सक्नेछ।मालसामान हराउने वा चोरी हुन सक्नुका साथै दैनिकीमा रोकावट हुन सक्नेछ्न सजग हुनुहोला।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन परिवारजनको साथ सहयोगले नयाँ कार्य गर्नका लागि सहज हुनेछ।सुखद यात्राको अवसर पनि रहेको छ।अध्यात्ममा मन जाग्नेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  आर्थिक क्षेत्रमा राम्रो हुनेछ।हाँसो खुसी साथ दिन बित्नेछ ।असक सङ्गतले फाइदाजनक कार्यहरू पनि गर्न सकिनेछ ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन सामाजिक क्षेत्रमा वर्चस्व बढ्नेछ ।परिश्रम गरे बापत फल पनि राम्रो पाइनेछ।आँटेको कार्य पूरा हुनेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको गणेशजीको   स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा