काठमाडौँ । ज्योतिष शास्त्र अनुसार भोलि २०८२ माघ २७ गते मंगलबारको दिन ग्रहहरूको स्थिति र नक्षत्रको प्रभावले १२ राशिका व्यक्तिहरूको जीवनमा विभिन्न असर पार्ने देखिएको छ। मंगलबारको दिन विशेष गरी गणेश भगवान र हनुमानको उपासना फलदायी मानिन्छ। हेर्नुहोस् भोलिको राशिफल:
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ योजनाहरू बन्नेछन्। रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगले सम्पन्न हुनेछन्।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आर्थिक पक्षमा केही दबाब महसुस हुन सक्छ। अनावश्यक यात्रा र खर्चबाट बच्नुहोला।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): व्यापार व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको शुभ समाचार प्राप्त हुनेछ।
-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्यस्थलमा नयाँ जिम्मेवारी थपिनेछ। मानसम्मान र प्रतिष्ठा बढ्ने योग छ।
-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वैदेशिक क्षेत्रका कामहरू अघि बढ्नेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ।
-
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्यमा केही समस्या देखिन सक्छ। विवाद र शत्रुबाट सतर्क रहनुहोला।
-
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जीवनसाथीको सहयोगले नयाँ कार्य सुरु गर्न सहज हुनेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ।
-
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। आँटेका कामहरू पूरा हुने समय छ।
-
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विद्यार्थीहरूका लागि समय फलदायी छ। रचनात्मक काममा सफलता मिल्नेछ।
-
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): घरायसी विवादले मन खिन्न हुन सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला।
-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): हिम्मत र पराक्रम बढ्नेछ। दाजुभाइबाट सहयोग मिल्ने र छोटो यात्रा सुखद रहनेछ।
-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक लाभ हुनेछ र मिठो भोजन प्राप्तिको योग छ। बोलीको प्रभाव बढ्नेछ।





