आजको राशिफल: २०८२ फागुन १३ गते, बुधबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): व्यवसाय फस्टाउनेछ। बौद्धिकताको प्रयोग गरी धन सङ्ग्रह गर्न सकिनेछ। पारिवारिक वातावरणमा स्वादिष्ट भोजनको अवसर जुर्नेछ। शेयर बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): सबैको सहयोग पाइनाले काममा जोस जाँगर आउनेछ। व्यापार र शेयर बजारमा लगानी गरी धन सङ्ग्रह गर्न सकिनेछ। माया प्रेममा सामिप्यता बढ्नेछ भने भौतिक सम्पत्ति प्राप्तिको योग छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): कल्पनामा बग्नाले काममा मन लाग्ने छैन। परिवारसँग मनमुटाब बढ्न सक्छ। सवारी साधनको प्रयोगमा ध्यान दिनुहोला। तर, विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): दैनिक कारोबार बढ्ने र व्यवसाय फस्टाउने योग छ। विशिष्ट व्यक्तिको भेटघाटले लगानी बढाउन सहयोग पुग्नेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ र इज्जत प्रतिष्ठा बढ्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): समाजसेवा र राजनीतिमा जनताको सहयोग पाइनेछ। व्यापार र शेयर बजारको लगानी फस्टाउनेछ। अध्ययनमा प्रगति हुनेछ र बौद्धिकताको सम्मान हुनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): धार्मिक क्षेत्रको यात्रा हुनेछ। पढाइ लेखाइ र खोज अनुसन्धानमा भनेजस्तो नतिजा मिल्नेछ। नयाँ काम पाउने र स्थानान्तरण हुने योग छ। सानो प्रयत्नले पनि मनग्गे आम्दानी हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): व्यापार व्यवसायमा लगानी गर्नुअघि अध्ययन गर्नुहोला, घाटा लाग्न सक्छ। परिवार र पति-पत्नीबिच विवाद बढ्न सक्छ। आर्थिक व्यवस्थापनमा कठिनाइ भए पनि यात्राले मन प्रसन्न बनाउनेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,Transcript,नो,या,यी,यू): तार्किक क्षमता बढ्नेछ र वाणीको प्रभावले नाम र दाम कमाउन सकिनेछ। साझेदारी व्यापार फस्टाउनेछ। प्रेममा नजिक हुने समय छ। राजनीतिमा जनताको समस्या बुझ्ने मौका मिल्नेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ। पति-पत्नीबिच मायाको डोरो कसिलो हुनेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन्। खानपान र मनोरञ्जनमा समय बित्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): अध्ययनमा उपलब्धि हासिल हुनेछ। आम्दानीको तुलनामा खर्च कम हुनाले बचत गर्न सकिनेछ। उपहार तथा विलासी वस्तु प्राप्तिको योग छ। सन्तानको प्रगति देख्न पाइनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): आफन्त र आमासँग मनमुटाब बढ्न सक्छ। जग्गा खरिद-बिक्री वा सवारी चलाउँदा सावधानी अपनाउनुहोला। तर, कृषि र पशुपालनमा लाभ मिल्नेछ। रोकिएको जग्गा सम्बन्धी काम बन्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): छोटो दूरीको रमाइलो यात्रा हुनेछ। मित्र र आफन्तसँगको भेटले मन प्रसन्न रहनेछ। खाद्यान्न र निर्माण सामग्रीको व्यापारबाट लाभ मिल्नेछ। शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा