आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल वैशाखशुक्ल (मोहिनी) एकादशी तिथि ,१८ गते सोमबार,
तदनुसार १ मे २०२३
आज विहान ०५:२६ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:३७ मिनेट जाँदा सूर्यास्त हुनेछ।
करण :वणिज विहान ९ बजेर ३८ मिनेटसम्म वणिज नाम गरेको करण रहेको छ भने  तत्पश्चात् राती १०:३० मिनटसम्म विष्टि नाम गरेको करण रहनेछ तत्पश्चात् विहान ११:२४ मिनेट सम्म बव नाम गरेको करण रहनेछ।
६ बजेर ९ मिनट जाँदा सम्म पूर्वाफाल्गुनी नक्षत्र रहनेछ भने तत्पश्चात्  उत्तरफाल्गुनी रहनेछ।
विहान  ११:५९ सम्म ध्रुव नाम गरेक्क योग रहेक छ भने तत्पश्चात् व्याघात रहनेछ
विहान १२:४४ मिनट सम्म चन्द्रमा सिंह राशि रहनेछ  २०८०-१-१९

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यमा केही सजगता अपनाउनुपर्नेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने वित्तीय संस्था आदिबाट सहयोग पाउन सकिनेछ

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा सहभागी
हुने सौभाग्य मिल्नेछ।दिन मध्यम खाले रहेको छ।सुख:दु:ख उत्तिकै हुनेछ तर मानसम्मान भने मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।बन्धुबान्धवबाट साथ र सहयोग पाइनेछ भने एउटै कामबाट दोहोरो फाइदा हुन सक्छ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन नातागोतासँगको भेटघाटमा बित्नेछ ।प्रेमी वा प्रेमिकाको साथ पाइनेछ भने परिवारसँग पनि समय बित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।जोश,जाँगर ,उमङ्ग  र उत्साह बढेर आउनेछ।वैदेशिक कार्यमा अपार सफलता मिल्नेछ।रोकिएका अधुरा कामहरूले पूर्णता पाउनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन खासै सन्तोषजनक नरहला।आत्मबल कमजोर हुन सक्नेछ।सही समयमा सही निर्णयमा लिन नसकिएला तर नयाँ योजना भने बनाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन प्रगति हुनेछ।गरेका कार्यबाट शुभ फल पाइनेछ ।मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन जोश,जाँगर,उत्साह र हिम्मत बढ्नेछ।परिवारको साथ सहयोगले कार्यपूर्ण हुनेछ।दिन शान्तिपूर्ण बित्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन पढाइमा रुचि हुनेछ।विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ।शुभ कार्यको चर्चा हुनेछ ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन सरकारी निकायबाट भय हुन सक्नेछ।मन खिन्न हुने अवस्था आउला।घमण्डीपनले गर्दा कार्य बिग्रने योग रहेको छ ।अनावश्यक खर्च पनि बढ्न सक्छ सजग हुनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन उत्साह र उमङ्ग बढेर आउनेछ।धार्मिक कार्यमा रुची बढ्नेछ।अरूको प्रगतिमा पनि मन रमाउनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन अरुलाई प्रभावित पर्ने काम गर्न सकिनेछ।मिष्ठान्न भोजनको अवसर प्राप्त होला।सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन भगवान् हरिको  स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ

शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा