आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल वैशाख २१ गते चतुर्दशी  तिथि विहीबार,
तदनुसार मे ४ ,२०२३ ।
आज विहान ०५:२५ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:३८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज गर नामको करण रहेको छ भने चित्रा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी वज्र नाम गरेको योग रहेको छ ।
त्यस्तै कन्या राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन धनधान्यमा वृद्धि हुनुका साथै चिताएको कार्य पूर्ण हुनेछ।पारिवारिक सद्भावले हृदय प्रफुल्ल हुनेछ।दिन उल्लासमय बित्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन राम्रो खबर सुन्न पाउनाले मन खुसी हुनेछ।इष्टमित्र र मान्यजनसँग आपसी सद्भाव पलाउनेछ।प्रेमसमबन्ध पनि कसिलो हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन  स्वास्थ्यमा गडबडी हुन सक्नेछ।मन खिन्न हुनेछ।जिद्दी प्रवृत्तिले गर्दा कार्य बिग्रन सक्छ सजग हुनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन कला र गलाले गर्दा आफ्नो प्रभाव बढाउन सकिनेछ।हृदयमा अदम्य आँट,उमङ्ग र उत्साह बढ्नेछ।राम्रो समाचार पनि सुन्न पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन उद्योगधन्दामा राम्रै सफलता प्राप्त गर्न सकिनेछ।आत्मविश्वास बढ्नुका साथै मनले चाहेको कार्य पूरा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन मनमा  चिन्ताले सताउनेछ।कुनै कुराले गर्दा द्विविधा उत्पन्न होला।त्यस्तै आत्म कम्जोर भएको अनुभव हुन सक्नेछ।ख्याल राख्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन सौन्दर्यमा खर्च बढ्न सक्छ।मनलाई नियन्त्रण गर्न नसक्नाले नराम्रो व्यक्तिको साथमा नराम्रो कार्य गर्न पुगिनेछ।समयमै सचेत हुनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा मन रमाउनेछ।मानसम्मान,पदप्रतिष्ठा पाइनेछ।अधुरा काम बन्नुका साथै पारिवारिक मेलमिलाप पनि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन  पढाइमा सफलता प्राप्त होला।आफ्नो कला र गलाको प्रभावले सबैको मन जित्न सकिनेछ।आर्थिक मन्दी पनि टरेर जानेछ।चतुर्‍याइँपूर्ण कामले गर्दा सबै कामहरू पूर्ण हुनेछन्।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन  प्रेम सम्बन्ध सुमधुर हुनेछ।नयाँ र शुभकार्यको चर्चा चल्नुका साथै दिनभरी हृदय खुसी हुनेछ।आफनतजनको साथ सहयोग पनि मिल्नेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन घरमा अतिथिको आगमन हुन सक्नेछ।आफ्नो बोलीले सबैलाई रिझाउन सकिनेछ।घरपरिवारको साथ,सहयोग मिल्नुका साथै सरकारीनिकायबाट मानसाम्मान पाइनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन प्रेमी वा प्रेमिकाको साथ मिल्नेछ।आय-आर्जनका नयाँ बाटाहरू खुल्नेछन्। रोकिएका कामहरू पुन: सुचारु हुनेछन्।छोटो दूरीको यात्रा पनि हुन सक्नेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को  स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा