आजको पञ्चाङ्ग
वि.सं. २०८० साल वैशाख २० गते त्रयोदशी तिथि बुधबार,
तदनुसार मे ३ ,२०२३ ।
आज विहान ०५:२५ मिनेट जाँदा सूर्योदय हुनेछ भने साँझ ०६:३८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज कौलव नामको करण रहेको छ भने हस्त नाम गरेको नक्षत्र रहनेछ।
आनन्द नाम गरेको योग रहनेछ भने,
विहान १० बजेर ५० मिनटसम्म कन्या राशिमा चन्द्रमा रहनेछन्। २०८०-१-१९
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूका लागि आजको दिन मानसम्मान,पदप्रतिष्ठा प्राप्त हुनेछ भने काममा सफलता मिल्नेछ । रोकिएका आर्थिक मन्दीहरू चल्न थाल्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध कसिलो बन्नेछ।आफन्तसँगको भेटघाटले मनमा शान्त र खुसी छाउनेछ भने मनोरञ्जनमा पनि सहभागी भइएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुनेहरूका लागि आजको दिन त्यति उत्कृष्ट नरहला।आँटे ताकेको कार्यमा सफलता नमिल्न सक्छ।आकस्मिक संकटले गर्दा समस्यामा परिएला।सजग रहनुहोला।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)
कर्कट राशि हुनेहरूका लागि आजको दिन विचार पुर्याएर कार्य गर्नाले सफलता प्राप्त हुनेछ।साथी-सँगिनीको साथ सहयोगले कार्य सम्पन्न हुनसक्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूका लागि आजको दिन नयाँ कार्यको थालनी हुनेछ।परिश्रमको फल राम्रै पाइनेछ।व्यापार-व्यवसायमा वृद्धि हुनेछ।धार्मिक कार्यमा तन,मन लाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि आजको दिन आर्थिक क्षेत्रमा विस्तार हुनेछ।विद्वान् व्यक्तिबाट प्रेरणा,उत्साह मिल्नेछ।सर्वे भवन्तु सुखिन: को भाव आउनेछ।मन प्रसन्न रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूका लागि आजको दिन उद्यमी व्यक्तिहरूका लागि शुभ रहेको छ।मेहनतको पसिना खेर जाने छैन।सुनौलो यात्रा पनि हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यमा राम्रो हुनेछ।बाहिरी देशका लागि कार्य गरेकाहरूलाई सफलता मिल्नेछ।राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि हुनेहरूका लागि आजको दिन आफ्नो कला र गलाले गर्दा मानसम्मान,यश,पदप्रतिष्ठा प्राप्त गर्न सकिनेछ।मनले चिताएको कार्य पूर्ण हुनेछ।
मकर (जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध सुमधुर बन्नेछ।सबैको मन जित्न सकिनेछ।नयाँ काम तथा योजनाको परिपाटी बन्नेछ ।धार्मिक कार्यमा सहभागी भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि हुनेहरूका लागि आजको दिन आफूले चिताएको कार्यमा सफलता प्राप्त गर्न समय लाग्नेछ।पारिवारिक कामकाजको समस्यामा उल्झन सकिनेछ सजग हुनुहोला।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुनेहरूका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ।मन प्रसन्न हुनेछ।आफ्नै नेतृत्वमा विभिन्न कार्यहरू सम्पादन गर्न सकिनेछ।
आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन भगवान् शिवजीको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ
— शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )





