कास्की जिल्लाकै उत्कृष्ट गुरुकुल श्री गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला

कास्की जिल्लाको पोखरा-१७,छोरेपाटनमा स्थित श्री गुप्तेश्वर महादेव गुफा मन्दिरद्वारा सञ्चालित ”  श्री गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला ” गुरुकुलहरूतर्फबाट कास्की जिल्लाकै उत्कृष्ट विद्यालय हुन सफल भएको छ । गतवर्ष २०८१ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एस.ई.ई. परीक्षामा कास्की जिल्लाका गुरुकुलहरू मध्ये यसै विद्यालयमा अध्ययनरत छात्र प्रवेश घिमिरेले ३.७० जिपिए A + ग्रेड ल्याएर सर्वोत्कृष्ट हुन सफल भएका छन् । त्यसैगरी गगन शर्माले ३.६१ जिपिए ( A + ) र चरित्र उपाध्यायले २.८९ जिपिए ल्याएर समुत्तीर्ण हुन सफल भए । यस महत्त्वपूर्ण उपलब्धिका लागि विद्यार्थी , छात्रहरूका साथै पढाइमा उत्कृष्टता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने विद्यालयका प्रधानाध्यापक विजय राज आचार्य , सह.प्रा. सुरेन्द्रराज आचार्य , अध्यापक लोकराज तिमिल्सिना , अध्यापक संयोग बस्याल , अध्यापक पुष्पराज ढकाल , अध्यापक रबिन न्यौपाने, अध्यापिका सृजना वाग्ले र अध्यापिका गङ्गा चापागाईँ लगायत विद्यालय व्यवस्थापन समितिलाई हार्दिक बधाइ । हाल कास्की जिल्लामा जम्माजम्मी १० वटा गुरुकुलहरू सञ्चालित छन् ।

निरन्तर नित्यकर्महरू  , भगवान् प्रतिको आस्था , आत्मविश्वास , नैष्ठिक गतिविधि , लगनशीलता र मिहिनेतको प्रतिफलले गर्दा गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला कास्की जिल्लामा उत्कृष्ट हुन सफल भएको छ ।

**** 🌺पाठशालाका उद्देश्यहरू 🌺*****

• संस्कृत विद्या प्रदान गरी सच्चरित्रवान्, सुयोग्य, कर्मठ, दक्ष, देशभक्त तथा युगीन आध्यात्मिक जनशक्ति उत्पादन गर्ने,

• सनातन धर्मको संरक्षण एवं संवर्धन गर्ने,

• वैदिक वाङ्मय एवं पूर्वीय दर्शनहरूको पूर्णरूपमा रक्षा गर्ने,

****🌺पाठशालाका विशेषताहरू 🌺****

• वैदिक गुरुकुलीय पद्धतिअनुरूप शिक्षाको व्यवस्था ,

• नि:शुल्क आवास,भोजन तथा शिक्षा,

• कम्प्युटर लगायत अन्य आधुनिक शिक्षा,

• योगसाधना, सङ्गीत एवं  विभिन्न ,

  अतिरिक्त क्रियाकलापका कक्षाहरू,

• २४ सै घण्टा दक्ष अनुभवी आचार्यहरूको सान्निध्य,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा