उपचारको क्रममा सशस्त्र प्रहरीका डीएसपी कोइरालाको मृत्यु

काठमाडौँ । उपचारको क्रममा सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । उनी इलामको पशुपतिनगर गुल्ममा कार्यरत थिए । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनी बुधबार नेपाल–भारत सीमा क्षेत्रको माने भञ्ज्याङमा पट्रोलिङ गरेर फर्किएका थिए । पट्रोलिङबाट फर्किएपछि उनी कार्यालयमै ढलेका थिए । लगत्तै उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा