एक वर्षमा १० लाख विदेशी नेपाल भित्रिए, १५ लाख नेपाली बाहिरिए

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार सन् २०१५ मा कुल १० लाख १५ हजार ३७८ जना विदेशी नागरिक नेपाल आएका छन्। सोही अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नागरिक नेपालबाट बाहिरिएको विवरण छ।

नेपाल आउने अधिकांश विदेशी नागरिकको मुख्य उद्देश्य पर्यटन रहेको छ। अध्यागमन विभागले विदेशी नागरिकलाई पर्यटक, श्रम, अध्ययनलगायतका विभिन्न १० प्रकारका भिसा प्रदान गर्दै आएको छ।

यसैगरी, यस वर्ष नेपालबाट १५ लाख २३ हजार नेपाली नागरिक विदेश गएका छन् भने सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। नेपाली नागरिकहरू अध्ययन र रोजगारीका साथै पर्यटन तथा व्यवसायिक प्रयोजनका लागि पनि विदेश जाने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा