काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावले चार प्रदेशमा हल्का वर्षाको सम्भावना रहेकाे छ। कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
ल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
