एकीकृत समाजवादी पार्टी यथावत् रहने, माधव नेपालकाे पार्टी खारेज गर्न ओलीले सर्वोच्चमा दिएको रिट खारेज

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादी पार्टीकाे दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ ।

साेमबार न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएपछि एमाले अध्यक्ष ओलीसहितले २०७८ भदौ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

एकीकृत समाजवादीसहित कम्तीमा १० वटा दलहरू मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

रिट निवेदन खारेज गरेपनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा