सफा हुँदै माैसम, तराईका भू–भागमा भने कुहिरो र हुस्सु

काठमाडौँ । आज २०८२ साल पुष २७ गते (आइतबार) देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका धेरै स्थानमा भने बिहानको समयमा कुहिरो तथा दिन र राति हुस्सुको प्रभाव रहने अनुमान गरिएको छ।

दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहे पनि बाँकी पहाडी तथा तराई बाहेकका भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि तराईका केही स्थानमा हुस्सु रहने अनुमान छ। देशका पहाडी तथा हिमाली भू–भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो आंशिक बदली र पहाडी क्षेत्रमा मौसम सफा रहनेछ भने तराई क्षेत्रमा बिहान कुहिरो देखिन सक्छ। राति हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने र तराईमा हुस्सु लाग्ने सम्भावना छ।

मधेश प्रदेशमा दिउँसो तराई क्षेत्रमा बिहान कुहिरो र राति हुस्सु रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा दिउँसो र राति मौसम प्रायः सफा रहनेछ भने तराई क्षेत्रमा बिहान कुहिरो र राति हुस्सु लाग्ने सम्भावना रहेको छ।

कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने दिउँसो र राति दुवै समयमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

विभागले विशेषगरी तराई क्षेत्रमा बिहानको समयमा सवारी साधन चलाउँदा तथा हवाई उडानमा कुहिरोका कारण असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा