काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि फागुन ६ गते बुधबार देशका पश्चिमी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहने देखिएको छ।
विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
बुधबार दिउँसो तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने हुनाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने छ भने तराईका केही क्षेत्रमा तुवाँलो लाग्ने सम्भावना रहेको छ।




