सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, नेप्से २०.७५ अंकले घट्दा ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौँ । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट देखिएको छ। हिजो सोमबार ८.१६ अंकले ओरालो लागेको बजार आज २०.७५ अंकले घटेको हो। यससँगै नेप्से परिसूचक ०.७७ प्रतिशतले घट्दै २६ सय ४२ दशमलव १५ बिन्दुमा ओर्लिएर बन्द भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार बाहेकका सबै समूहमा रातोपोत देखिएको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.११ प्रतिशतले घट्दा जलविद्युत १.६३ प्रतिशत, होटल तथा पर्यटन १.१९ प्रतिशत र विकास बैंक समूहको उपसूचक १.१८ प्रतिशतले ओरालो लागेका छन्।

बजार घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ। आज ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको थियो।

समग्र बजार घटे पनि आज ४२ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। यसदिन सालपा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.६४ प्रतिशतले बढेको छ। बाँकी अधिकांश कम्पनीको मूल्यमा भने गिरावट देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा