धनगढी झडप अपडेट: असई साउदको अवस्था गम्भीर, पक्राउ परेका १२ जनामाथि विस्तृत अनुसन्धान सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ होलीको निहुँमा भएको हिंसात्मक झडपका क्रममा घाइते भएका असई डबल साउदको अवस्था अझै चिन्ताजनक रहेको छ। टाउकोमा गहिरो चोट लागेका साउदको हाल माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडप नियन्त्रण गर्न पुगेका इन्स्पेक्टर बलराम पाण्डे र अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएका १२ जनामाथि आज बुधबार बिहानैदेखि विस्तृत अनुसन्धान थालेको छ। बालबालिकाको झगडाबाट सुरु भएको विवादमा ठुला व्यक्तिहरू मिसिएर प्रहरीमाथि नै आक्रमण हुनुको पछाडि योजनाबद्ध संलग्नता वा क्षणिक उत्तेजना के हो भन्नेबारे एसपी नरेन्द्र चन्दले अनुसन्धान केन्द्रित गरिएको जानकारी दिनुभएको छ।

मंगलबार साँझ भिड अनियन्त्रित भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। सो क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ। थप हिंसा भड्किन नदिन अहिले पनि घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा