आइतबारको मौसम: पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । आउँदो आइतबार (फागुन २४ गते) देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा बिहान हुस्सु लागे पनि दिउँसो आंशिक बादल लाग्नेछ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भेगमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी र गण्डकीका थोरै स्थान तथा बागमतीका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा राति तुवाँलो लाग्न सक्ने देखिएको छ। पहाडी क्षेत्रमा यात्रा गर्दा र बाहिरी काममा निस्कँदा चट्याङ्ग र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा