जेन्जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण: दोषीमाथि कारबाहीको सिफारिस गरिँदै

काठमाडौँ । २०८२ भदौमा भएको ‘जेन्जी’ आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की, सदस्य एवं पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

गत भदौ २१ गते गठन भएको यस आयोगले झन्डै ६ महिना लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो। आन्दोलनका क्रममा भएको ७७ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति र सुरक्षा निकायको भूमिकाबारे आयोगले सूक्ष्म अध्ययन गरेको छ। प्रतिवेदनमा तत्कालीन सरकारका उच्च अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र आन्दोलन परिचालन गर्ने पक्षहरूको भूमिकाबारे स्पष्ट उल्लेख गरिएको स्रोतले जनाएको छ।

आयोगले प्रतिवेदन बुझाएपछि अब केही समयमै पत्रकार सम्मेलन गरी प्रतिवेदनका मुख्य निष्कर्ष र सिफारिसहरूबारे जानकारी दिने तयारी गरेको छ। प्रधानमन्त्री कार्कीले यसअघि नै प्रतिवेदन सार्वजनिक गर्ने र दोषी देखिएका जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा