काठमाडौँ,तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिका नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।
औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उहाँले भन्नुभयो ।
अत्यावश्यक कामबाहेक लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको आरडिटी, पिसीआर परीक्षण र क्वारेन्टिनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय भएको नगरप्रमुख गिरीले बताउनुभयो । काठमाडौँ उपत्यकाको प्रमुखद्वारका रूपमा रहेको चन्द्रागिरि नाकामा कडाइका साथ जाँच गरिने भएको छ ।