बर्षाको राउतको यस्तो निर्णय :उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’

काठमाडौं,केही दिन सामाजिक सञ्जालमा निकै आलोचित भएकी नायिका बर्षा राउतको ले यस्तो निर्णय गरेकी छन्। एउटा अभिब्यक्तिका कारण नायिका वर्षा राउत केही दिन सामाजिक सञ्जालमा निकै आलोचित बनिन् । उनका बारेमा सामाजिक सञ्जालमा हेर्नै नसकिने खालका ट्रोल बनाइए । भिडियो सामग्री बनाएर अश्लिल गाली गरियो ।

आफ्नो करियरमा यति धेरै आलोचना यि नायिकाले कहिल्यै भोगेकी थिइनन् । अष्ट्रेलिया जाँदा लगाएको एउटा ड्रेसका कारण ट्रोल बन्दा उनलाई खासै समस्या भएको थिएन । तर यो पटक उनले भोगेको अप्ठेरो अलि फरक खालको थियो ।राष्ट्रियताका विषयमा नायिका वर्षा राउतले दिएको एक अभिव्यक्तिले खुबै आलोचना भोग्नु परेको थियो ।

चलचित्र क्षेत्रमा केही बर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोग्नु परेको यो पहिलो पटक हो । भावूक स्वभावकी अहिलेको आलोचनाले भने निकै बिचलित भइन् । उनले त्यो गल्ती सच्याउन दिएको अभिब्यक्तिलाई पनि टिप्पणी गरियो । राष्ट्रियताको वहस निकै चर्को भएको बेलामा बोलि चिप्लिदा उनले ठूलै मुल्य चुकाउनु पर्यो । उनलाई यो घटना विर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ ।

तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु समय समयमा विवादित बन्दै आएका छन् ।

सानो कृयाकलाप पनि निकै चासोका साथ हेरिने भएकाले कलाकारहरुको सानो गल्तीको पनि ठूलो प्रतिकृया आउने गर्छ । यो पटक वर्षाले भोगेको विवाद अरुको भन्दा विल्कुल फरक छ । तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ । यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा