धरान,धरानमा विहिवार विहानै भएको आललागीमा समाजको अगाडी हेर्दाहेर्दै आमा छोरीले गुमाए ज्यान। धरानमा विहिवार विहानै भएको आललागीमा २ जनाको निधन भएको छ । धरान–१५ साम्पाङ मार्गमा भएको आगालीमा आमा छोरीको निधन भएको हो ।
नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागी हुँदा आमा धनमाया र उनको छोरीको निधन भएको हो । छोरी आगलागीमा परेपछि उनलाई निकाल्न गएकी आमाको पनि निधन भएकोह हो ।
आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ । अपागं छोरी सिता माथिल्लो तलामा बसेकी थिइन् । आगलागी भएको थाहा पाउने बित्तिकै उनी दौडिएर माथिल्लो तलामा गएकी थिइन् ।