आजको मौसम: पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज २०८२ साल चैत्र २६ गते बिहीबार देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाले पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी प्रदेश र देशका अन्य हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रि-मनसुनको समय भएकाले दिउँसोपख मौसम अचानक परिवर्तन भई हावाहुरी चल्न सक्ने र चट्याङ्ग पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भेगका बासिन्दा र पदयात्रामा रहेका पर्यटकहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा